बैतडी, ३० असोज/ आज धनगढीबाट पहिलो पटक यात्रु लिएर समिट एयरको बिमान बैतडीको पाटन जाने आउने भएको छ ।
बिहान बिहान साढे ९ देखि १० बजेको बिचमा धनगढीबाट बैतडीका लागि यात्रु लिएर पाटनका लागि उड्ने समिट एयरले जनाएको छ । यहि असोज १७ गते परिक्षण उडान गरिएकोमा ३० पहिलो पटक यात्रु लिएर आउन लागेको हो ।
अब देखि नियमित मंगलबार धनगढी पाटन उडान हुने धनगढी बिमानस्थलका प्रमुख तेज बहादुर बुढ्थापाले जानकारी दिए छ । पाटन बिमानस्थलमा भने रिपिटर टावर र ट्रमिनल भवन निर्माण भएको छैन । १७ मिनेटमा धनगढीबाट बैतडी पुग्न सकिने बुढ्थापाले जानकारी दिनुभयो ।
धनगढी–पाटनको भाडादर भने ३ हजार ८०२ रुपैंया तोकिएको छ ।
यस अघि पहिलो पटक बिहिबार आउने भनिको थियो । आन्तरकी कारण देखाउदै समिट एयरले पहिलो पटक शुक्रबार आउने र त्यसपछि नियमित उडानमा मंगलबार आउने बताएको थियो