धनगढी, २९ असोज/ सुदूरपश्चिम प्रदेश सभा सदस्य देवकी मल्ललाई पितृ शोक परेको छ। उनका ६७ वर्षिय पिता धन बहादुर मल्लको बिहीबार निधन भएको छ ।
उनको उपचारको क्रममा धनगढी स्थित सारथी अस्पतालमा निधन भएको हो । मल्ल बझाङको निर्वाचन क्षेत्र ‘ख’ बाट निर्वाचित सासंद हुन ।
बझाङको कम्युनिष्ट आन्दोलनका एक कुशल योद्धा मल्ल
नेता कार्यक्रर्ताहरुले मल्ललाई बझाङको कम्युनिष्ट आन्दोलन र कम्युनिष्ट पार्टी स्थापना गर्ने कुशल योद्धाको रुपमा लिने गरेका छन् । तत्कालीन नेकपा (एमाले) बाट २०४७ सालमा कम्युनिष्ट आन्दोलनमा होमिएका मल्ल ।
जनआन्दोलनका क्रममा २०५४ साल तिर तत्कालीन नेकपा माओवादीमा सक्रिय थिए । जन आन्दोलनकै क्रममा उनी १२ पटक गिरप्तारी परेका थिए । मल्ल २०५७ सालमा भुमिगत भएका थिए ।
लामो समय तत्कालीन माओवादीमा नेतृत्व गरेका मल्ल माओवादी टुक्रिदै गएपछि पछिल्लो समय उनी नेत्र विक्रम चन्द (विप्लव) समुहको सेती महाकाली मुक्ती मोर्चाको ईन्चार्ज थिए ।