• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

कैलाली प्रहरीको अर्को कर्तुत : हिरासतभित्रै मरणासन्न हुनेगरी कुट्पिट, पिडितद्धारा प्रहरी विरुद्ध उजुरी

कैलाली, २६ असोज/ एक महिनामै जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतभित्रै दुई जनाको मृत्यु भएको घट्नाले विवादीत बनेको कैलाली प्रहरीले अझै आफ्नो आचरण सुधार्न सकेको छैन् ।

गत साउन २८ गते कैलाली प्रहरीको हिरासतमै रहेका धनगढी उप–महानगरपालिका–१४ फूलबारी (सी) गाउँका अमरबहादुर चन्दको मृत्यु भएको थियो । इलाका प्रहरी कार्यालय फूलबारीको हिरासतमा रहेका चन्द प्रहरी कार्यालयको शौचालयमा घाइते अवस्थामा भेटिएका थिए । उनको उपचारका लागि सेती अस्पताल पुगाएपछि मृत्यु भएको थियो ।

यस्तै भदौ २२ गते मोबाइल चोरीको आरोपमा पक्राउ परेका धनगढी–५ का १९ वर्षीय रोशन विकको भदौ २६ गते (बिहीबार) जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा मृत्यु भएको थियो । उनी हिरासतको थुनुवा कक्षको शौचालयमा झुन्डिएको अवस्थामा फेला परेका थिए । उक्त घट्ना अनुसन्धानको क्रममा छन् र पिडित परिवारले न्यायकोलागी आन्दोलन गरिरहेका छन् ।

प्रहरीको सुरक्षा निगरानी रहेका व्यक्तिको मृत्यु हुनुले विवादीत बनेको कैलाली प्रहरी पुनः विवादमा तानिएको छ । दुवै घट्ना सेलाउन नपाउदै, कैलाली प्रहरीको अर्को कर्तुत बाहीरीएको छ ।

प्रहरी हिरासतभित्रै मरणासन्न र अंगभंग हुनेगरी कुट्पिट गरेको भन्दै दुई प्रहरी विरुद्ध जिल्ला प्रशासन कार्यालय कैलालीमा उजुरी परेको छ । धनगढी उपमहानगरपालिका–१९ का सुरेन्द्र बोहरालाई मरणासन्न हुने गरी कुटपिट गरेको भन्दै पिडित परिवारले प्रहरी विरुद्ध प्रशासनमा उजुरी दिएका हुन ।
सिमा प्रहरी चौकी बहुलियाका प्रहरी प्रमुख गोपाल कार्की र प्रहरी हल्वदार डम्मर अधिकारीले स्थानिय रुद्रप्रसाद रानाभाट र सिता ओझाको संलग्नतामा बोहरालाई मरणासन्न हुने गरी कुटपिट गरिएको पिडित परीवारको ओरोप छ ।

‘मेरो छोरा भरखरै भारतबाट मजदुरी गरेर घर फर्किएको थियो पिडित बोहराकी आमा जमुनादेवी बोहराले भनीन् । बुहारी एक बर्षदेखी नातनी लिएर माईतमै बस्थीन्, भारतबाट फर्किएको छोरो नातनी भेटन् जादाँ माईती पक्षले प्रहरी लगाएर मरणासन्न हुने गरी कुटपिट गरे ।’

उनले आशु झार्दै भनिन् ‘उल्टै गल्तीनै नगरेको छोरालाई रातभर चौकीमा राखेर कुटेछन्, त्यसपछि हत्कडी लगाएर जिप्रका ल्याए यहाँपनि अंगभंग हुनेगरी कुटपिट गरेपछि अहिले छोरा हिरासतबाट बाहीर आउनै नसक्ने अवस्थामा छ ।’

घरको पारिवारीक स्थिती कमजोर भएकै कारण छोराले स्कुल छोडेर भारतमा मजुरी गर्न गएपछि बुहारी माईत बस्न थालेको र अहिले छोराले आफनी छोरी भेट्न् जादाँ स्थानिय र प्रहरी मिलेर मरणासन्न हुनेगरी कुटपीट गरेको उनको आरोप छ ।

प्रहरी विरुद्ध उजुरी

सिमा प्रहरी चौकी बहुलियाका प्रहरी प्रमुख गोपाल कार्की, प्रहरी हल्वदार डम्मर अधिकारी, स्थानिय रुद्रप्रसाद रानाभाट र सिता ओझा विरुद्ध पिडित परिवारले सोमबार जिल्ला प्रशासन कार्यालय कैलालीमा उजुरी दिएका छन् ।

कुटपिट गरीएका सुरेन्द्र बोहरा अहिलेपनि प्रहरी हिरासतै छन् । उनलाई प्रहरीले झुटो मुद्धा लगाएर फसाउन खोजेको पिडित परीवारको आरोप छ ।
यस बिषयमा बुझन् कैलाली प्रहरी प्रवक्ता डिएसपी प्रतिक बिष्ट सम्पर्कमै आउन् चाहेनन् ।

सोमबार बिहानैदेखी उनको फोननै उठेन् । डिएसपी बिष्टलाई कार्यालयमै भेट्न जादाँ सुरक्षाकर्मीले एक घण्टा गेटमा कुर्न लगाए । त्यसपछी पनि न डिएसपी फोन सम्पर्कमा आए न भेट्न भित्र प्रवेश गर्ने अनुमती दिईयो ।

चौकीका सबै प्रहरी जिल्ला तानिए

उक्त घट्नापछि धनगढी उप–महानगरपालिका १४ बहुलिया सीमा प्रहरी चौकी फूलवारीमा कार्यरत सबै प्रहरीलाई जिल्ला प्रहरी कार्यालय कैलाली तानिएको छ । शनिबार प्रहरी चौकी कार्यरत १० जना प्रहरीलाई जिल्ला तानिएको हो ।

सिमा प्रहरी चौकी बहुलियाका प्रहरी प्रमुख सई गोपाल कार्कीको कमान्डमा रहेको दश जनाको प्रहरीलाई जिल्ला तानिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

चौकीका सबै प्रहरी जिल्ला तानिनुको कारण भने खुलाइएको छैन । उनीहरु पुराना भइसकेका र कार्य सन्तोषजनक नदेखिएकाले जिल्ला तानिएको प्रहरी प्रवक्ता डिएसपी प्रतीक बिष्ट आईतबार बताएका थिए ।

सोमबार, असोज २६, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद

Recent Posts

  • सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
  • एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
  • धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.