धनगढी, २६ असोज/ जिल्ला प्रहरी कार्यालय कैलालीले चाडपर्वमा हुने अपराध नियन्त्रणका लागि झण्डै साढे सात सय प्रहरी परिचालन गरिएको छ।
जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी नायब उपरिक्षक प्रतिक विष्टले विशेष सुरक्षा योजना अन्तरगत जिल्लाभर सात सय ४० जना प्रहरी परिचालन गरिएको जानकारी दिए।
उनका अनुसार नजिकिदै गरेको दशैँ, तिहार र छठ पर्वलाई लक्षित सशस्त्र प्रहरी गणबाट समेत ५० जना प्रहरी थप गरिएको छ।
सम्भावित अपराध नियन्त्रण गर्न जिल्लामा सादा पोशाकमा समेत प्रहरी परिचालन गरिएको निमित्त प्रमुख प्रहरी नायब उपरिक्षक विष्टले बताए।
यस्तै सीमानाकामा हुने चोरी तस्करी हुने, आवागमनमा हुने सास्ती, बैँक तथा वित्तिय संघसंस्थाको सुरक्षाका लागि छट्टाछुट्टै टोलीहरु खटाईएको उनले बताए।
यात्रुहरुको सहजिकरणका लागि धनगढी, अत्तरिया, लम्की लगायतका बसपार्कमा हेल्थ डेस्क पनि स्थापना गरिएको छ।