बझाङ, २५ असोज/ बझाङमा मंगलबारबाट नियमित हवाइ सेवा सञ्चालन हुने भएको छ । साताको बिहीबार र शुक्रबार उडान हुने गरी अबदेखि समिट एयर सेवा दिने भएको हो ।
धनगढी–बझाङको भाडादर भने ५ हजार ४८ रुपैयाँ तोकिएको छ । समिट एयर पश्चिम क्षेत्रिय निर्देशक सरोज उप्रेतीका अनुसार २७, २८ र २९ गते निरन्तर उडान गरिने भएको छ भने त्यसपछि नागरिक उड्ययन प्राधिकरणको तालिकाअनुसार बिहीबार र शुक्रबार मात्रै उडान हुने छ ।
देवल विमानस्थल कालोपत्रे भएपछि १७ असोजमा शनिबार परीक्षण उडान भएको थियो । धनगढी(बझाङ यात्रा गर्न २५ मिनेट लाग्ने छ ।
संविधानसभा सदस्य अफिलाल ओखेडाले जहाज सेवा सञ्चालन भएपछि बझाङवासीलाई अत्यावश्यक काम पर्दा धनगढी जान सहज हुने बताए ।
उनले भने, ‘भाडादर नेपाल नागरिक उड्ययन प्राधिकरणले नै तोकेको रहेछ । पाँच हजार आधा घण्टाको यात्रा अत्यावश्यक काम पर्दा ठीकै हो । हाम्रो लागि हवाइ सेवा सञ्चालन हुनु सुखद नै हो । लामो समयपछि बझाङबावासीको धोको पूरा भएको छ ।’