धनगढी, २५ असोज/ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख एसपी अनुपम शम्शेर राणालाई कोरोना पोजेटिभ देखिएपछि काठमाडौं लगिएको छ।
केही दिन अघि कोरोना पोजेटिभ देखिएका उनको धनगढीमै आईसोलेशनमा बसरहेका थिए ।
एसपी राणालाई श्वासप्रश्वासमा समस्या देखिएपछि आइतवार बिहान उनलाई थप उपचारका लागी भन्दै एम्बुलेन्समार्फत काठमाडौं लगिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।