धनगढी, २४ असोज/ शनिबार कैलाली कञ्चनपुरका थप ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा कैलालीका ३५ जना र कञ्चनपुरका थप १७ जनामा कोरोना पुष्टि भएको हो ।
सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार कैलालीको धनगढी उपमहानगरपालिकाका ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। उपमहानगरपालिकाको वडा नम्बर १२ का १० जना, वडा नम्बर १८ का ९ जना, वडा नम्बर १ का ४ जनामा संक्रमण पुष्टि भएको उनले जानकारी दिए।
यस्तै वडा नम्बर ५, १४ र १७ का दुई दुई जना, त्यसैगरी वडा नम्बर ७, १३ र १५ का एक एक जनामा पनि संक्रमण पुष्टि भएको उनले बताए।
यस्तै कैलालीको बर्दगोरिया गाउँपालिकाका २ जना र गोदावरी नगरपालिका–१ का एक जनामा समेत कोरोना संक्रमण देखिएको सूचना अधिकारी श्रेष्ठले बताए।
यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिकाका ६ जना, पुर्नवास नगरपालिकाका ५ जना, शुक्लाफाटा नगरपालिकाका ४ जना र बेदकोट नगरपालिकाका २ जनामा पनि कोरोना देखिएको छ। भने, दार्चुलाको स्थानीय तह नखुलेको एक जनामा समेत कोरोना संक्रमण भेटिएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए।

