• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

गोरेटो बनेपछि दार्चुलाको घाँटीबगर–तिंकर सडक निर्माणको सर्भे थालियो

दार्चुला २३ असोज- दार्चुलाको ब्यास गाउँपालिका–२, घाँटीबगरमा रहेको अतिविकट ४५० मिटर मिटर क्षेत्रमा गोरेटो बनाएपछि नेपाली सेनाले सडक निर्माणका लागि सर्भे थालेको छ ।

घाँटीबगर–तिंकर सडकखण्डमा ८७ किलोमिटरमा सडक बनाउने जिम्मा १४ वैशाखमा सरकारले सेनालाई दिएको थियो । त्यसअनुरुप पहिले सर्वसाधारणको गोरेटो बनाएको सेनाले अब सडक निर्माणका लागि सर्भे थालेको हो ।सैनिक प्रवक्ता सन्तोष वल्लभ पौडेलका अनुसार यस कार्यका लागि ४० जनाको सैनिक टोली दार्चुलास्थित गुल्ममा खटिएको छ । टोलीको नेतृत्व सेनाको विकास निर्माण कार्यदल गणका प्रमुख सेनानी रमेश गुरुङले गरेका छन् ।

टोलीले सडक निर्माणका लागि अस्थायी क्याम्प खडा गर्नका लागि स्थानको पनि रेकी गर्नेछ भने प्रस्तावित रुटको सर्भेसमेत गर्ने पौडेलले बताए ।उनका अनुसार प्रारम्भिक अध्ययनपछि यो वर्ष हुम्लिङ र माल भन्ने स्थानमा दुई वटा क्याम्प राख्ने तयारी गरिएको छ । यो वर्ष सर्भेका लागि ५ करोड ५० लाख रुपैयाँ सरकारले छुट्टयाएको छ । अर्को वर्ष छाङरुमा पनि क्याम्प राख्ने तयारी गरिएको छ ।

घोरेटो बनाउन ८ सय किलो विष्फोटक पदार्थ प्रयोग

नेपाली सेनाले १९ असोजमा घोरेटो बाटो स्थानीय सरकारलाई हस्तान्तरण गरेको थियो । यो गोरेटो निर्माणका लागि सरकारले आर्थिक वर्ष ०७६/७७ मा कुल १ करोड ८ लाख ३६ हजार रुपैयाँ बजेट छुट्टाएको थियो ।नेपाल–भारत सीमा विवादपछि यो गोरेटो निर्माण राष्ट्रिय महत्वको विषय बनेकाले सेनाले एमआई १७ हेलिकोप्टरको प्रयोगबाट निर्माण सामग्री लगेर द्रुत गतिमा सडक बनाएको अधिकृतहरु बताउँछन् ।

‘आयोजना निर्माणका क्रममा भौगोलिक अवस्थितिका कारण हरेक कार्यमा हेलिकोप्टर प्रयोग गर्नुपर्ने भएकाले यसको लागत थप बढेको छ’, प्रवक्ता पौडेल भन्छन्, ‘सेनाले २० वटा उडानमार्फत करिब ११ हजार किलो निर्माण सामग्री ढुवानी गरेको छ ।’

उनका अनुसार सेनाले गोरेटो बाटो निर्माणका क्रममा १५ सयभन्दा बढी स्थानमा ड्रिल गरेको छ भने ८ सय किलो विष्फोटक पदार्थ प्रयोग भएको छ । भारी वर्षा र प्रतिकुल मौसमका कारण २१ दिन निर्माण कार्य रोकिएकाले ८५ दिनमा घोरेटो तयार भएको पौडेलको भनाइ छ ।

गोरेटो बनाउने क्रममा एक जनाको मृत्यु

सैनिक प्रवक्ता पौडेलका अनुसार गोरेटो बनाउने क्रममा १९ भदौमा एक जना स्थानीय श्रमिकको मृत्यु समेत भएको थियो । कठिन परिस्थितिमा काम गरेका वेला माथिबाट खसेको ढुंगाले लागेर देवानसिंह धामीको मृत्यु भएको हो ।

रातको समयमा घटना भएको भए पनि हेलिकोप्टरबाट उद्दार गरेर दार्चुला सदरमुकामसम्म उनलाई ल्याइए पनि उपचारका क्रममा मृत्यु भएको पौडेल बताउँछन् ।‘उनको मृत्युपछि बीमा बमोजिमको १० लाख रुपैयाँ दिएका छौं’, पौडेलले भने, ‘साथै, योगदानको उच्च मूल्यांकन गर्दै प्रधानसेनापति प्रशंसा निशान पनि उहाँकी धर्मपत्नीलाई दिएका छौं ।’

गोरेटो निर्माणमा विकास निर्माण कार्यदलका सेनानी इञ्जिनियर रुपेन्द्र थापाको नृेतृत्वमा ६५ जनाको टोली खटिएको थियो । साथै, कोभिड–१९ भाइरसका कारण सेनाले एकपटकमा १२ जना स्थानीय श्रमिकलाई मात्र प्रयोग गरेको थियो ।

यो सडक तयार भएसँगै अब छाङरुवासीले जिल्ला सदरमुकाम खलङ्गा पुग्न भारतीय बाटो प्रयोग गर्नुपर्ने समस्या टरेको छ । यसअघि सदरमुकाम जान छाङरुवासीले भारततर्फ रहेको बाटो प्रयोग गर्दै आएका थिए । नेपाल–भारत सीमा विवाद भएपछि भारतीय पक्षले त्यसमा पनि अवरोध गर्दै आएको थियो ।

मौरी भिरमा रहेको ठूलो चट्टान र घाँटीबगरमा गएको पहिरोका कारण नेपाली भूमिबाट सदरमुकाम पुग्न असहज थियो । व्यास गाउँपालिका–१ छाङरूमा १ सय १५ र तिङ्करमा ६५ घरधुरी छ भने दुई गाउँमा गरेर एक हजार २ सय जनाको वसोवास रहेको अधिकारीहरु बताउँछन् ।

 

शुक्रबार, असोज २३, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.