• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

भारतबाट फर्किएका नेपाली भन्छन्– ‘दसैंको खर्च गाडीभाडामै सकियो’

कञ्चनपुर — भारतको बैंगलोरमा रोजगारी गर्ने कैलाली, टीकापुरका तिलक विक बुधबार कञ्चनपुरको गड्डाचौकी नाका हुँदै घर फर्किए । कोरोना महामारीकै बीचमा पनि भारतमै काम गरिरहेका उनी दसैं–तिहार नजिकिएसँगै घर आएका हुन् ।

यसपटक उनले गाडीभाडामै धेरै रकम खर्चनुपर्‍यो । बैंगलोरबाट महेन्द्रनगर पुग्दा अरू बेला डेढ हजार भारुले पुग्ने गरेकोमा यसपटक ७ हजार भारु खर्च भएको तिलकले बताए । ‘बसभाडा मात्रै होइन, सीमामा आइपुग्दा बनबासा–गड्डाचौकीसम्म अटो रिक्साले पनि दोब्बर–तेब्बर भाडा लिए,’ उनले भने, ‘दुःख सहेर जोगाएको पैसा त बाटोमै सकियो ।’

तिलक ७ वर्षदेखि बैंगलोरको एक होटेलमा काम गरिरहेका छन् । उनी एक–डेढ वर्षमा घर फर्किन्छन् । यसपटक नाकामा जाँचका नाममा पनि अरू बेलाभन्दा धेरै सास्ती भोगे । सीमामा भारतीय भन्सारलाई ५० रुपैयाँ अतिरिक्त तिर्नुपरेको उनले बताए । भारतीय सुरक्षाकर्मीले जाँचका बहानामा घर फर्कने नेपालीबाट अहिले पनि रकम असुलिरहेको उनको भनाइ छ ।

बझाङ, तलकोटका फनबहादुर रोकाया पनि बुधबार केरलाबाट घर फर्किए । भारतमा कोरोना संक्रमण दिनप्रतिदिन बढिरहेको र काम पनि राम्ररी नचलेको भन्दै उनी फर्किएका हुन् । ‘कोरोनाका कारण काम पनि राम्ररी चलेको छैन,’ रोकायाले भने, ‘अलि–अलि ल्याएको खर्च पनि बाटैमा सकिएलाजस्तो भयो ।’

कोरोना महामारीका कारण भारतमा थुप्रै नेपालीले रोजगारी गुमाएका छन् । कतिपय न्यून ज्यालामा काम गरिरहेका छन् । यस्तो अवस्थामा चाडपर्वका बेला घर फर्किंदा लाग्ने खर्चले उनीहरू झनै मारमा परेका छन् । दसैं–तिहारका लागि जोगाएको रकम पनि बाटोमै खर्च हुन थालेको उनीहरूको भनाइ छ ।

केरलाबाट गड्डाचौकी पुग्दा ७ हजार भारु बसभाडामै सकिएको रोकायाले बताए । अरू बेला उनी अढाई–तीन हजार रुपैयाँमा घर पुग्थे । विगतका वर्षमा नेपाल–भारत दुवैतर्फका सुरक्षाकर्मीले बसहरूले लिएको बढी भाडा फिर्ता गराउने गरे पनि यसपालि त्यो हुन सकेको छैन ।

रोकाया केरलामा होटेलमा काम गर्छन् । उनले पनि बनबासाबाट गड्डाचौकी पुग्न अटो रिक्सामा ३ सय तिर्नुपरेको बताए । सामान्य अवस्थामा बनबासादेखि गड्डाचौकीसम्मको भाडा २० भारु मात्र हो । ‘हामीसँग नाकामै समेत बढी भाडा लिइएको छ,’ दार्चुलाको गोकुलेश्वरका दिनेश साउदले भने, ‘बनबासादेखि गड्डाचौकीसम्मको मात्रै ४ सय तिरेँ ।’

दसैं–तिहार नजिकिँदै गएपछि केही दिनयता भारतबाट घर फर्किनेको संख्या फेरि बढ्दै गएको छ । गड्डाचौकी नाकाबाट दैनिक ५०र६० जना भित्रिने गरेकोमा अहिले उक्त संख्या बढेर अढाईरतीन सय पुगेको छ ।

शुक्रबार, असोज २३, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद

Recent Posts

  • सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
  • एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
  • धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.