• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

मुक्त हलियाले परिचयपत्र नपाएको गुनासो

डोटी २२ असोज  ।  डोटी जिल्लाका अधिकांश मुक्त हलियाले मुक्त भएको वर्षौ बितिसक्दासमेत आफूहरुले हलिया परिचयपत्र नपाएको गुनासो गरेका छन् । केही पहुँच भएकाले परिचयपत्र पाए पनि अधिकांशले परिचयपत्र नपाएको भन्दै उनीहरुले यथार्थ विवरण सङ्कलन गरिनुपर्ने माग गरेका छन् । हलिया पुनःस्थापनाका प्याकेज अगाडी सारिनुपर्ने, परिचयपत्र वितरण गरिनुपर्ने र त्यसका आधारमा सेवा सुविधा दिईनुपर्नेमा उनीहरुको जोड छ ।

हलिया परिचयपत्र नपाउँदा सरकारी सेवा सुबिधाबाट बञ्चित हुनु परेको उनीहरुको गुनासो छ । साविकको लडागडा गाविस, हाल दिपायल सिलगढी नगरपालिका वडा नं ८ की मुक्त हलिया लाली दमाईले गाविस छँदा नै केही मानिसले आफ्नो हलिया परिचयपत्र बनाउने भन्दै नागरिकतालगायत कागजात मागेर लगेको भए पनि हालसम्म परिचयपत्र नदिएको गुनासो गरे । उनले भने, “हलिया परिचयपत्र बनाईदिन्छौँ भनेर कागजपत्र मागेर लगे अहिलेसम्म कसैले पनि परिचय पत्र दिएनन् ।”

सोही नगरपालिकाकै वडा नं ७ उडितोलाका चन्द्रा बिकले पनि आफ्नो पनि त्यसरी नै कागजपत्र लगेको भए पनि केही व्यक्तिको परिचयपत्र बनिसकेको तर सँगै पठाईएका अन्य धेरैका परिचयपत्र नबनेको बताए ।उनले भने, “हामीसँगै पठाएका केहीका परिचयपत्र बने तर हाम्रा बनेन तर किन बनेन भनेर सोध्ने ठाउँ पनि कहाँ हो हामीले बुझ्नै सकेका छैनौँ ।”

दिपायल सिलगढी नगरपालिका–५ घोलतडा बस्ने राधा दमाईले कतिपय मुक्त हलियाले परिचयपत्र पाई नसकेको र पाईसकेकाले पनि परिचयपत्रअनुसार राज्यबाट प्रदान गरिने सेवा सुविधा पाउन नसकेको गुनासो गरे । सोही नगरका वडा नं ९ कलेना बस्ने लक्ष्मी नेपालीका अनुसार अलिकति कुरा जान्ने र गर्न सक्नेले मुद्दा प्रक्रियाबाट समेत परिचयपत्र लिएर सेवा सुविधा लिन सकिरहेको तर कमजोर अवस्थाका मुक्त हलियाको हालत ज्यूँकात्यूँ रहेको गुनासो गरे । उनले भने, “ठाउँमा भन्ने र बोल्नेका परिचयपत्र आए हामी बोल्न र भन्न नसक्ने गरिबका आएनन्, हाम्रा पीडा कस्ले बुझ्ने ?”

डोटीमा हलियाका सवालमा शुरुआतदेखि नै नेतृत्वदायी भूमिकामा गर्दै आउनु भएकी हलिया अगुवा सीता बिकले पनि वास्तविक हलियाहरु अझै तथ्याङ्कमा छुटेको स्वीकार गरीन् । जिल्लामा मुक्त हलियाको पूर्ण तथ्याङ्क अझै सङ्कलन हुन नसकेको मुक्त हलियाको गुनासो रहेको छ । सायल गाउँपालिकाका अध्यक्ष तेजबहादुर डुम्रेलले केन्द्रबाट हलियाको नाममा आउने बजेट असारमा मात्रै आउने गरेको जानकारी दिए । उहाँले एक महिनाको छोटो समयमा काम गर्न समस्या हुने र काम नगरे बजेट फ्रिज जाने अवस्था भएकाले वास्तविक हलिया प्रत्येक वर्ष सरकारी सेवाबाट वञ्चित हुनु परेको बताए ।

गैर सरकारी संस्था महासङ्घका अध्यक्ष रघुबहादुर कठायतले जिल्लाको सवालमा हलियाका अगुवाबीच विवाद र राष्ट्रिय मुक्त हलिया समाजको अस्तव्यस्तताले वास्तविक हलियाका मागहरु ओझेलमा परेको आरोप लगाए । दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख मञ्जु मलासीले भने हलियाका धेरै समस्या समाधान भएको र आगामी दिनमा बाँकी काम पूरा गर्ने बताए ।

बिहिबार, असोज २२, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद

Recent Posts

  • सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
  • एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
  • धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.