जाजरकोट, २१ असोज/ जिल्लाको जुनिचाँदे गाउँपालिका १ ओलभीर जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा वडा नं ११ का वडाध्यक्ष अमरबहादुर शाहीसहित पाँच जना रहेको बताइएको छ। दुई जना बेपत्ता भएको स्थानीय पत्रकार रशेम खड्काले जानकारी दिए।
जुनिचाँदे गाउँपालिकाको कार्यपालिकाको बैठकका लागि सदरमुकाम खलंगाबाट पराले जाँदै गरेको जिप दुर्घटना परेको हो।
जिपमा सवार जुनिचाँदे ११ का नरबहादुर बुढा घाइते भएका छन्। जिप खोलामा परेको छ। दुर्घटना ग्रस्त जिपको नम्बर खुल्न सकेको छैन।
