धनगढी, २० असोज/ सुदूरपश्चिम प्रदेश सांसद तथा सार्वजनिक लेखा समिती सभापति कुमारी नन्दा बमले बझाङको बित्थडचिर गाउँपालिका–७ सुनकुडामा भएको घट्नामा संलग्न दोषिलाई कारबाहीको माग गरेकी छन् ।
उनले २१ बर्षीया आफ्नै बुहारी बलात्कार गर्ने ससुरा, काका ससुरा र चरम यातना दिने श्रीमानलाई कडा कारबाही यथाशिघ्र कारबाहीको दायरामा ल्याउनुपर्ने सासंद कमले माग गरेकी हुन ।
महिलामाथी भएको चरम यातना र बलात्कारको घटना निन्दनीय भएको भन्दै उनले घट्नामा संलग्नलाई तत्काल पक्राउ गरी हदैसम्मको कारबाही हुनुपर्ने बताइन् ।
गएका केही महिनायता देशभरिनै महिलामाथि आक्रमण र हिंसाका घटनाहरु बढ्दै गएका छन् । केही दिनअघि मात्रै बझाङको मष्टामा १२ बर्षीया बालिका सम्झाना कामीको बलात्कारपछि हत्या भएको थियो ।
देशभर यसरी दण्डहीनताको स्थिति बढ्दै जाँदा त्यसको पहिलो शिकार महिला र बालबालिकानै हुने गरेको भन्दै यस्ता घट्ना रोक्न स्थानिय र प्रदेश सरकारले सक्रियता देखाउनुपर्ने उनले बताइन् ।
सासंद बमले भनिन्–‘नेपालको संविधान २०७२ ले नागरिकको जीउधनको सुरक्षा राज्यको प्रमुख दायित्व भनेको छ तर शान्ति सुरक्षा कायम गर्न सरकार असफल हुँदै गएको छ ।’
उनले महिलामाथि परिवारभित्र वा परिवारबाहिर हिंसाका घटना भईरहेको छ । यस्ता घटना न्युनिकरणका लागी आआफ्नो ठाउँबाट राजनितीकर्मी, युवा, अभियन्ता लाग्नु पर्ने र बलात्कारका दोषिले उन्मुक्ती पाउने नहुने बताइन् ।
