धनगढी २० असोज/ दार्चुला जिल्लामा थुप्रै धार्मीक, सास्कृतिक, प्राकृतिक, पर्यटकिय स्थलहरु गुमनाम भएका छन् । कालापानी, लिपुलेक, तिकंर भञ्याङ, महाकाली नदीको उद्गमस्थल लिम्पीयाधुरा पर्यटकीय दृष्टिकोणबाट अपार प्राकृतिक सुन्दरताको खानी मानिन्छन् ।

व्यास क्षेत्रमा प्रकृति पुत्र अति मेहनति, मिलनशार, उदार एवं समाजसेवी भावनाले ओतप्रोत व्यवहारिक जाति ब्यासीहरुको बसोबास छ । ट्रान्स हिमालयमा बसोवास गर्ने जातीको ईतिहास र विभिन्न समयमा गरिएका शोध पुस्तकहरुमा वर्णन गरीएको छ । आफ्नो मौलिकता, ऐतिहासिक पृष्टभुमि र सांस्कृतिक पहिचान एवं विरासत भएका आदिवासी जनजाति ब्याँसी शौका दार्चुलाको व्यास गाउँपालिका र भारतको दारमा परगनामा आदिमकाल देखि बसोबास गर्दै आएको किम्बदन्ती रहेको छ ।

अपी हिमालको काखमा व्यास ऋषिको पवित्र तपोभूमिमा बसोबास गर्ने हुनाले ब्याँसी भनी चिनिएका सौका समुदायले ‘रं’ संस्कृति मान्ने गरेका छन् । व्यास ऋषिले यसै क्षेत्रको ब्यास गुफामा बसेर बेद, पुराण र उपनिसद जस्ता धार्मीक ग्रन्थहरुको रचना गरेका कारण ब्यास गाउँ नामाकरण गरीएको किम्बदन्ती रहेको छ ।


पर्यटनको क्षेत्रमा विशिष्ट पहिचान राख्ने दार्चुला जिल्लामा अहिले पनि अनगिन्ति पर्यटकिय स्थलहरु गुमनाम अध्यारोमा रहेका छन । दार्चुला जिल्लाको व्यास उपत्यका नेपालको पर्यटन मानचित्रमा सरकारी लापर्वाहिका कारण आफ्नो स्थान वनाउन सकेको छैन् ।



व्यास उपत्यका हिन्दु र वौद्धहरुको पवित्र धार्मीक स्थल कैलास मानसरोवरको प्रवेश द्धार, जैविक बिविधताको राजधानी, एक मानव सभ्यताको अन्त भएको ऐतिहासिक राखु गुफा, उत्कृष्ट हिमालय काष्ट एवंम वास्तुकलाको नमुना, फुलों कि अनाम घाटी, व्यास अपि र नाम्पा हिमालको काखमा अवस्थित उपत्यका, एक आफ्नै भेषभुषा, रहनसहन, भाषा संस्कृती, कृषि र पशुपालन भएको यस क्षेत्र लाई खुला संगा्रहलयको रुपमा विकास गरिनु आबश्यक छ ।
