धनगढी, २० असोज/डोटीको जोरायलमा भएको बस दुर्घटना ६ बर्ष पुरा भएको छ । जोरायल गाउँपालिका वडा नम्वर २ कटपत्तेमा २९ जनाको ज्यान जाने गरि भएको बस दुर्घटनाको आज ६ बर्ष पुगेको हो ।
दशैँको टिका थापेर कर्मथलो फर्किर्दै गर्दा २०७१ साल असोज २० गते भएको बस दुर्घटनामा २९ जनाले ज्यान गुमाएका थिए भने ६८ जना घाईते भएका थिए ।
जोरायलमा बस दुर्घटना भएपछि सरकारले छानबिन समिति गठन गरेको थियो। समितिले तत्कालीन र दीर्घकालीन सुझावसहित बुझाएको प्रतिवेदन अझै कार्यान्वयन भएको छैन् । बस दुर्घटनामा ज्यान गुमाएकाहरुको सम्झनामा आज विभिन्न कार्यक्रमहरुको आयोजना गरिएको छ ।