धनगढी, २० असोज/ उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले कालोबजारी गर्नेहरुलाई कैद सजाय गर्न सक्ने बताएका छन् ।
मंगलबार धनगढीमा प्रेस संगठनद्धारा आयोजित पत्रकार सम्मेलनमा मन्त्री भट्टले पछिल्लो समय कालोबजारी बढ्दै गएको बताउदै कालोबजारी जरिवाना मात्रैले नियन्त्रण नभए कैद सजाय समेत गर्ने बताएका हुन ।
बजार अनुगमन दशैं तिहारमा मात्रै नभएर निरन्तर चलिरहने भन्दै कालोबजारीयाहरुलाई कारहबाहीको दायरामा ल्याउन सरकार प्रतिबद्ध रहेको उनले बताए ।
‘अहिलेको बजारलाई व्यवस्थित गर्ने जिम्मा हाम्रै हो, मन्त्री भट्टले भने बाहीर बाट आयात हुने खाद्यन्न दाल लगाएतका वस्तुहरुमा केही महंगी बढेको छ ।’ लकडाउनका कारण अर्थतन्त्र र रोजगारीमा समस्या सिर्जना भएको बताउदै इट्टा भट्टीहरुमा अधिकाशं भारतिय कामदार रहेकोले त्यहाँ नेपाली कामदारलाई काम दिनुपर्ने उनले बताए ।
यस्तै कैलालीको हरैयामा बिशेष आर्थीक क्षेत्र स्थापना गर्ने, धनगढी अत्तरिया कोरीडोर स्थापना गर्ने र अर्थतन्त्रले भ्याएसम्म विभिन्न ठाउँमा औद्योगीक क्षेत्रहरु स्थापना गर्दै लैजाने बताए ।
मन्त्री भट्टले बैतडीको दोगडाकेदारमा फस्फोराइड उत्खनन्का लागि ड्रिलिङ थालिएको बताए । मलखादमा प्रयोग हुने फस्फोराइडको परीक्षण सफल भए कैलालीमा उद्योग स्थापना गरिने उनले बताए ।