धनगढी, १६ भदौ/ दुई दशकभन्दा बढी समयदेखि बन्द रहेका सुदूरपश्चिमका पाचँ पहाडी जिल्लाका विमानस्थल कालोपत्रे भएका छन् । विमानस्थलहरु कालोपत्रे भएसंगै जनस्तरबाट प्रदेशको राजधानी धनगढीबाट नियमित उडान सञ्चालन गर्न आवाज उठीरहेको छ ।
प्रदेश देखी केन्द्रस्तरका सासंद र नेताहरुले नियमित उडान सञ्चालन गर्ने बताइरहेका छन् । कतिपय सासंद र नेताहरुको चुनावी एजेन्डानै विमानस्थल कालोपत्रे गर्ने र नियमित उडान सञ्चालन गराउने थिए ।
अहिले बझाङको बझाङ विमानस्थान, बाजुराको कोल्टी, बैतडीको पाटन, डोटीको दिपायल र अछामको साँफेबगर विमानस्थल कालोपत्रे सम्पन्न भएका छन् । विमानस्थलहरु कालोपत्रे भएपनि नियमित उडानको सम्भावना तत्काल देखिएको छैन् ।
‘पहाडि जिल्लाहरुमा नियमित उडानका लागि साना जहाजको आवश्यकता पर्छ, तर अहिले नेपाल एयरलायन्ससंग साना जहाज जम्मा दुई ओटा मात्रै छन्, त्यसैले पुर्व उडाउने कि पश्चिम उडाउन जस्तो छ, त्यसैले सुदूर पहाडमा नियमित उडान सम्भव छैन’, नागरिक उड्डयन प्राधिकरणका पुर्व इन्जिनियर योगेन्द्र शर्माले भने ।
‘नेपाल एयरलायन्स संग पहिले १०/१२ ओटा विमान थियो, त्यतिबेला सजिलैसंग जनताले सेवा पाउथे, अहिले निजी क्षेत्रका एयरलाईन्ससंग मात्रै साना जहाज छन्, निजी क्षेत्र भनेका नाफा मुलम हुन्छन्, उनिहरु सेवाभन्दापनि नाफा बढी खोज्छन्, उनिहरु जहाँजहाँ आफुलाई फाईदा हुन्छ त्यहाँ मात्रै उडान भर्छन् ।’ शर्माले थपे नेपाल एयरलायन्सका धेरै साना जहाजहरु दुर्घटना भएर सक्किए, नयाँ बनाउन सक्ने अवस्थापनि छैन्, पहाडमा नियमित उडान भर्न नसक्नुको मुख्य कारण जहाज अभावनै हो ।’
‘अहिले सबै जिल्लामा सडक सञ्जाल जोड्ीएका छन्, जहाजलाई पर्खीराख्नु पर्ने अवस्था छैन्, धेरै मानिसहरु एयरपोर्ट भन्दा सडकबाटै यात्रा गर्छन्’ नेपाल नागरिक उड्यान प्राधिकरण धनगढीमा प्रमुख तेज बुढथापाले भने । जहाजमा यात्रा गर्ने मानिसहरुको अभावले गर्दापनि नियमित उडान हुन सक्दैनन् ।
नेपाल वायु सेवा निगमको अन्र्तराष्ट्रिय उडानबाट फाईदा लिने र आन्तरीक उडानबाट घाटा भएपनि सेवा दिने भन्ने नीती हुन्छ ।
डोटीको दिपायल विमान स्थल आयोजना प्रमुख रत्न बहादुर श्रेष्ठले भने–‘अहिले पहाडमा निमार्ण भएका विमानस्थलहरु बढीमा आठ सय मिटर लम्बाईका छन्, यी विमानस्थलमा ठुला विमान उडाउन् मिल्दैन्, यदी ठुला विमान पहाडमा उडाउने हो भने विमानस्थलहरुको लम्बाई बढाउनु पर्ने हुन्छ ।’
सुदूरपश्चिमको सबैभन्दा सानो विमानस्थल दिपायलको रहेको छ । जसको लम्बाई जम्मा ४ सय ९० मिटर मात्रै छ । ‘एउटा सानो जहाजले पुरा क्षमता अनुसार यात्रु बोकेर जाने हो भने ६ सय ५० मिटर लम्बाई आवश्यक पर्छ, श्रेष्ठले भने जग्गा अभावको कारण लम्बाई बढाउन सकिएन्, विमानस्थलको लम्बाईले पनि नियमित उडाउनमा प्रभाव पर्छ ।’
दुईबर्ष अघि सरकारले भ्रमण बर्ष २०२० लाई लक्षीतगर्दै सुदूर पहाडका जिल्लामा विमानस्थलहरु कालोपत्रेको काम थालेको थियो । कोरोना महामारीले भ्रमण बर्ष स्थगित भएपनि विमानस्थल कालोपत्रेको काम भने सम्पन्न भएका छन् ।
६ विमानस्थल कालोपत्रे
२०५६ सालमा माओवादीले ध्वस्त पारेको साँफेबगर विमानस्थल २०७५ जेठ ११ गते कालोपत्रे सम्पन्न भएको थियो । अमर कन्स्ट्रक्सनले ११ करोडमा ठेक्का पाएको थियो । ५ सय ५० मिटर विमानस्थल पक्की बनेको छ । सुदूरपश्चिमको पर्यटकीय क्षेत्र खप्तड जाने सबैभन्दा नजिकको विमानस्थल साँफेबगर हो ।
डोटीको दिपायल विमानस्थल पनि २०७६ कार्तिकमा कालोपत्रेको काम सम्पन्न भएको छ । सपना गल्वा जेभीले पाँच करोड ८४ लाख रुपैयाँमा विमानस्थल कालोपत्रेको ठेक्का पाएको थियो । दिपालय विमानस्थलको झन्डै ४ सय ९० मिटर कालोपत्रे गरिएको छ ।
यस्तै पाँच सय ८० मिटर लम्बाइ रहेको बैतडीको पाटन विमानस्थल पनि झण्डै ९ महिनाअघि कालोपत्रे सम्पन्न भएको छ । गलवा सांग्रिला जगदम्बा जेभीले विमानस्थल कालोपत्रे गर्ने पाएको थियो । पाटनको रिपिटर टावर पनि माओवादीले बम हानेर भत्काएका थिए ।
बझाङको चैनपुर स्थित बझाङ विमानस्थल कालोपत्रेको कामपनि भरखरै सम्पन्न भएको छ । प्राधिकरणले विमानस्थल कालोपत्रेको लागि झण्डै चार करोड रुपैयाँ विनियोजन गरेको थियो ।
बाजुराको कोल्टी विमानस्थल भने २०६९ सालमा कालोपत्रे भएको थियो उक्त विमानस्थलबाट चार्टर उडान सञ्चालन भईरहेका छन् । यस्तै हालसालै धनगढी विमानस्थल समेत स्तर उन्नती गरिएको छ ।