धनगढी , १६ असोज । नेपालमा कोरोना संक्रमितको संख्या हालसम्मकै उच्च देखिएको छ । बिहीबार थप २ हजार ७ सय २२ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार थप २ हजार ७ सय २२ जना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ८२ हजार ७ सय ५० पुगेको छ ।
