बाजुरा १५ असोज । जिल्लामा लगातारको अविरल वर्षासंगै आएको पहिरोका कारण अवरुद्ध भएको तीन महिनापछि साँफे मार्तडी सडक सञ्चालनमा आएको छ ।
बल्दे द्धवारी र बार्जुगाड क्षेत्रमा गएको पहिरोका कारण अवरुद्ध सडक तीन महिनापछि सञ्चालनमा आएको प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले बताए । पहिरोले भासिएको बल्दे,बाम्का, अम्कोट,द्धारी लगायतकमा ठाउँमा सडक डिभिजन कार्यालयले नयाँ सडक निर्माण गरेर सडक सञ्चालनमा आएको हो ।
बेलीब्रीज बगाएको क्षेत्रमा बाहेक अन्य स्थानको सबै ठाउँमा सडक सञ्चालन भएको प्रमुख जिल्ला अधिकारी गैह्रेले जानकारी दिए।
तिपाडासम्म बस, जीप, ट्याक्टर सहीतका सेवा सञ्चालन हुने गरी र मार्तडी देखि जडाङ्गासम्म पनि सवारी साधन सहज रुपमा सञ्चालन हुने गरी सडक सुचारु भएको हो ।
सडक गएको असार तेस्रो साताबाट पहिरोका कारण अवरुद्ध भएको थियो । भने साउन २६ गते आएको बुढीगंगा नदीको बाढीले बेलीब्रीज नै बगाएपछि ठप्प बनेको थियो ।
तीन महिनापूर्ण रुपमा बन्द सडक बुधबारबाट नियमित सञ्चालन हुने गरी सेवा सुचारु गरिएको साँफे सडक डिभिजन कार्यालयले जनाएको छ ।