तेज बोहरा/धनगढी, ११ साउन-
एकिकृत रुपमा कृषी व्यवसाय गरिरहेका जोशीले नेपालमै पहिलो पटक सुदूरपश्चिममा गोबर प्रसोधन केन्द्रको स्थापना गरेका छन् ।
पछिल्लो समय बजारमा अत्याधिक बिषादियुक्त तरकारी भित्रिने गरेको जनगुनासो बढे संगै प्राङगारिक उत्पादनलाई जोड् दिन गोबर प्रसोधन केन्द्रको स्थापना गरेको उनको भनाई छ ।
झण्डै दश लाख लागतमा गोबर प्रसोधन मेसीन जडान गरि प्रति केजीका दरले बजारमा बिक्री गर्ने तयारी गरिरहेका छन् । प्रसोधन मेसीनबाट उत्पादन गरिएको प्राङगारिक मलले गमलामा गरिने खेती, लगाएत स–साना बारिमा थोरै परिमाणको प्राङगारिक मलको प्रयोेगले राम्रो उत्पादन दिने बताए ।
दुध उत्पादनको लागी पालीका गाईवस्तुको गोबर प्रसोधन गरि बजारमा बिक्रि गर्न सके राम्रो आम्दानि लिन सकीने जोशीको दाबि छ । उक्त प्रसोधन मेसीन सुदूरपश्चिममा मात्रै नभई नेपालमै नयाँ भएको जोशीले दाबी गरे । १५ दिन देखी एक महिना सम्म प्रयोग गर्न मिल्ने गोबर मल बजारमा सस्तो मुल्यमा उपलब्ध गर्न सकिने उनले बताए ।
आफुले व्यक्तिगत लगानिमा यति ठुलो व्यवसाय सञ्चालन गरीरहदा समेत राज्य तहबाट व्यवास्ता गरेको उनले गुनासो गरे । जोशीले भने नेपाल कृषी प्रधान देश भन्छन् अनुदानको लागी लाखौ रकम विनियोजन हुन्छ खै कहाँ जान्छ ? सरकारले वास्तविक किसानलाई वेवास्ता गरेकै कारण बर्षेनि अरर्बौ रुपयाको कृषीजन्य उत्पादन आयात गर्नु परेको उनले गुनासो गरे ।