धनगढी, १३ असोज/ सुदूरपश्चिममा २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ। कैलालीका नौँ, अछामका ५, बझाङका तीन, बाजुराका दुई, बैतडी र डडेल्धुराका एक/एक जना संक्रमितको मृत्यु भएको हो। त्यसमध्ये तीन जनाले भने आत्महत्या गरेका हुन्।
दुई जनामा आत्महत्या गरेपछि कोरोना पुष्टि भएको हो भने एक जनाले कोरोना लागेपछि आत्महत्या गरेका हुन्।
सुदूरपश्चिम प्रदेशमा कोरोना भाईरसको संक्रमणबाट पहिलो मृत्यु जेठ १८ गते भएको थियो। बाजुराकी दुई वर्षीया बालिकाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो। उनको मृत्युपछि कोरोना पुष्टि भएको थियो।
आमाबुवासँग भारतको नयाँदिल्लीबाट आएकी दुई बर्षीया बालिकामा ज्वरो आएपछि श्वासप्रश्वासमा सममस्या थियो। उनको मृत्युपछि उनकी आमामा समेत संक्रमण देखिएको थियो।