काठमाडौँ, ५ असोज – नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा थप १६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १३ पुरुष तथा ३ महिला रहेका छन् । योसँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ४२७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा .जागेश्वर गौतमले जानकारी दिए ।
जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मृत्यु हुनेमा झापाका १, सुनसरीका १, पर्साका १, काठमाडौँका २, भक्तपुरका २, ललितपुरका २, मकवानपुरका २, चितवनका १, दोलखाका १, रुपन्देहीका १ र बाँकेका २ जना रहेका छन् ।
