धनगढी, ४ असोज- पत्रकार माथि भएको आक्रमण बारे अध्ययन गर्न नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको मिसन टोलीले मृतकका आफन्त संग पनि भेटघाट गरेको छ । धनगढी ५ जाई स्थित मृतक रोशन बिकको आफन्त संग मिसन टोलीले घटनाको बिषयमा बुझेको मिसन टोलीका सदस्य तथा नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष अर्जुन शाहले जानकारी दिए ।
मृतकका बुबा टेकबहादुर बिकले आफ्नो छोराको बिषयमा सत्यतथ्य छानबिन गरी संचारमाध्यामा बाहिर ल्याईदिन बाताबरण बनाईदिन समेत आग्रह गरेका छन् । भाद्र २६ गते रोशन बिकको प्रहरी थुनुवा कक्षमा मृत्यु भएपछि दिनेश खबरले ‘थुनुवा कक्षमा आत्महत्य’ बिषयक समाचार प्रकाशित गरेपछि मृतकका सर्मथकले दिनेश संचारगृहमा गएरै पत्रकारमाथी आक्रमण गरेका थिए ।
मृतक रोशन बिकका बुबा टेकबहादुर बिकले पत्रकार आक्रमणमा संलग्न प्रहरीले नियन्त्रण लिएपछि आफु तनावमा भएको बताए । उनीहरुले आफुहरुलाई प्रहरीबाट छुटाईदिन दबाव समेत दिन लागेको बताए । संचारगृहमा आक्रमण भएको घटनाले आफुलाई पनि दुखित बनाएको मृतकका बुबा टेकबहादुर बिकले भनाई छ ।
मृतकका घरमा पुगेका मिसन टोलीका संयोजक तथा नेपाल पत्रकार महासंघका महासचिव रमेश बिष्टले घटनाले संचारकर्मीलाई दुखी बनाएको बताउदै मृतकलाई श्रद्धाञ्जली र आफ्ना तर्फबाट सम्बेदना भएको बताए । सबै घटनाको स्थलगत अध्यन गरेर निश्पक्ष रिपोर्टले सबै पक्षलाई समेट्ने महासचिव बिष्टले पिडितका आफन्तलाई आश्वासन दिए ।
धनगढी पुगि घटनाको बिभिन्न पक्ष संग भेटी स्थालगत अध्यन सुरु गरेको टोलीले नेपाल पत्रकार महासंघ कैलालीका संचारकर्मी, दिनेश संचार गृह, राष्ट्रिय मानव अधिकार आयोगको प्रदेश कार्यालय, ईन्सेकका प्रदेश कार्यालयमा पनि भेटघाट गरेको छ । टोलीमा नेपाल पत्रकार महासंघका सचिव रामप्रसाद दाहाल, केन्द्रीय सदस्य मिन बम, उत्तर बिष्ट, प्रदेश अध्यक्ष अर्जुन शाह, महासचिव योगेश रावल, कैलाली अध्यक्ष जगत साँउद लगायत सहभागी रहेका छन् ।