धनगढी, ३ असोज/ संविधान दिवसको अवसरमा कैलालीको अत्तरियामा दिप प्रज्वलन गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गोदावरी नगर कमिटीले दिप प्रज्वलन कार्यक्रम गरेको हो ।
दिप प्रज्वलन कार्यक्रममा प्रदेश सांसद चुनकुमारी चौधरी, वडा नम्बर १ का वडाध्यक्ष तथा गोदावरी नगर प्रबक्ता शर्मानन्द भट्ट लगायत नेकपा समर्थकहरुको सहभागिता रहेको थियो ।



