बाजुरा, ३ असोज/ बाजुरामा भीरबाट लडेर एक महिलाको ज्यान गएको छ। जिल्लाको बुढीनन्दा नगरपालिका –३ कुरुकी ३३ वर्षीया उब्जना दमाईको भीरबाट लडेर मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाका अनुसार शनिबार बिहान घाँस काट्ने बेला लडेर उनको घटनास्थलमै मृत्यु भएको हो ।