धनगढी, २ असोज/ कैलालीको घोडाघोडी नगरपालिकामा एक सञ्चारकर्मीको मृत अवस्थामा फेला परेकि छिन् । स्थानिय रेडियो कैलाली एफएममा कार्यरत करिब २३ बर्सिया निर्मला पहराइ घोडाघोडी नगरपालिका ५ को जङ्गलमा मृत फेला परेको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।
इलाका प्रहरी कार्यालय सुखडका प्रहरी नायव उपरीक्षक सागर बोहराले भने,’घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।’
‘पहराइ २१ गतेबाट सम्पर्क विहीन भएकी थिइन प्रहरी नायव उपरीक्षक बोहराले भने बिहीबार साँझ मात्रै प्रहरीमा खबर आयो । खोजी गर्ने क्रममा आफन्त र प्रहरीको टोलीले उनको शव जङ्गलमा फेला पारेको हो ।’
मृत्युको कारण भने नखुलेको उनले बताए । पहराइ रेडियो कैलालीमा समाचार वाचीकाको रूपमा कार्यरत थिइन् ।