• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

जनकपुरधामको स्टेशनमा रेल हेर्नेको भिड, ‘रेललाई नहेरिकन खाना खान्नँ’

जनकपुरधाम, २ असोज/जनकपुरको रेल्वे स्टेशन बिस्तारै भरिँदैछ । बालबालिकादेखि युवक र वृद्वसम्मका व्यक्तिको जमघट छ । कोही बिहानैदेखि बसिरहेका छन् भने कोही दुई घण्टादेखि बसिरहेका छन् । अरु मान्छे आउने क्रम पनि रोकिएको छैन ।

यो कुनै भेला, आमसभा अथवा मेलाको दृश्य भने होइन । भारतबाट आउन लागेको रेल हेर्न नागरिकहरु जनकपुरधामको रेल्वे स्टेशनमा जम्मा भएका हुन् ।

कोही आफ्नो बालबालिकालाई समेत लिएर रेल हेर्न आइपुगका छन् । कोही आफ्ना वृद्ध आमाबुवालाई साथमा लिएर रेल देखाउन आएका छन् ।

शुक्रबार दिउँसोसम्म आइपुग्ने रेल हेर्नेहरुको भिडले महामारीको रुपमा फैलिरहेको कोरोना (कोभिड–१९) लाई भने बिर्साइदिएको छ ।

यही भिडमा रहेका जनकपुर उपमहानगरपालिका–१ निवासी संजय यादव बिहान ६ बजेदेखि नै रेल्वे स्टेशनमा बसिरहेका छन् । उनी भन्छन्, ‘रेललाई नहेरिकन खाना खान्नँ ।’

‘पहिला भारततिर रेल हेरेका थियौं, एकताका यहीका रेल पनि चढेका थियौं,’ झण्डै ५५ वर्षका संजयले सम्भिmदै भने, ‘अब आउन लागेको रेल कस्तो छ भन्ने हेर्ने ठूलो धोको छ ।’

पहिला ३५ रुपैयाँ तिरेर जनकपुरबाट जयनगरसम्म गएको स्मरण गर्दै उनले रेल सेवा बन्द भएपछि त्यहाँसम्म पुग्न ३ सय रुपैयाँसम्म खर्च गर्नुपरिरहेको बताए । यद्यपि अब त्यो झन्झट व्यहोर्न नपर्ने उनको विश्वास छ ।

जनकपुरकै युवा विजयकुमार मेस्तर पनि रेलको प्रतिक्षामा छन् । ‘धेरै उत्सुक छु रेल हेर्नका लागि,’ मेस्तरले भने, ‘आज रेल आउन लाग्दा असाध्यै खुशी छु ।’
स्टेशनमा भिड बढ्दै गएपछि नेपाल तथा सशस्त्र प्रहरीको टोली पनि तैनाथ गरिएको छ ।

रेल विभागका महानिर्देशक बलराम मिश्रका अनुसार एउटा इन्जिन र चारवटा बोगीसहितको दुई सेट रेल आउन लागेका छन् ।

बिहारको हाजिपुर स्टेशनमा पछिल्लो एक महिना यता पार्किङमा राखिएको दुईवटा रेलको सेट जनकपुरधाम आउन लागेका हुन् ।

रेल नेपाल छिरिसक्यो : प्रजिअ

भारतमा निर्माण गरिएको नेपाली रेल नेपाली भूमिमा प्रवेश गरिसकेको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताए ।

उनले पहिलो पटक रेल आउन लागेकाले बाटो हेर्दै आउने बताए । रेल जयनगरबाट नेपाल प्रवेश गरिसकेको बताउँदै उनले रुटको बाटोको अवस्था मूल्यांकन गर्दै आउने भएकाले केही समय लाग्न सक्ने उनले बताए । यद्यपि केही घण्टामै रेल आइपुग्ने उनले बताए ।

रेल आएपछि नेपाली पक्षलाई हस्तान्तरण गरिनेछ । एउटा सानो समारोहको आयोजना गरेर रेल नेपालीलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी भट्टराईले बताए ।

उक्त कार्यक्रमको प्रमुख अतिथिमा प्रमुख जिल्ला अधिकारी भट्टराईलाई नै राखिएको छ भने रेल्वे विभागका महानिर्देशक बलराम मिश्र र निर्देशकहरुको सहभागिता रहनेछ । उनीहरु सबै जनकपुरधाम आइपुगेको भट्टराईले बताए ।

 

शुक्रबार, असोज ०२, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद

Recent Posts

  • सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
  • एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
  • धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.