धनगढी,३१ भदौ /धनगढीमा पहिलो पटक प्लाज्मा थेरापी गरिएकी महिलाको मृत्यु भएको छ। सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढी-५ की ५७ बर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको हो ।
आज साँझ मृत्यु भएको प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए। उनलाई भदौ १७ गते कोरोना पुष्टि भएको थियो भने कडा खालको लक्षण देखिएपछि १९ गते अस्पतालमा भर्ना गरिएको थियो।
उनको भेन्टिलेटरमा राखेर उपचार भईरहेको थियो।
संक्रमितको प्लाज्मा थेरापीमार्फत उपचार भएको थियो भने रेम्डेसिभिर औषधि समेत प्रयोग गरिएको थियो। योसंगै सुदूरपश्चिममा संक्रमित मृतकको संख्या १५ पुगेको छ।