धनगढी, ३१ भदौ/ बहुगुणी –२ जनाएको धानमा किसानले समयमा बाला नलागेको गुनासो गरेपछि आज अनुगमन टोली निरीक्षणमा जाने भएको छ ।
कृषि ज्ञान केन्द्र कैलालीका कृषि अधिकृत भूमिराज उपाध्यायको नेतृत्वमा एक टोली अनुगमनमा जान लागेको हो ।
टोलीले आज कैलालीको घोडाघोडी र गौरिगंगामा अनुगमन गर्ने जनाइएको छ । टोलीका बिउँ उत्पादन गर्ने युनिक सिड कम्पनी र पञ्चशक्ति बिउ कम्पनीका प्रतिनिधि समेत रहेको ज्ञान केन्द्रका प्रमुख खगेन्द्र शर्माले बताए ।
ढिलो फल्ने जातको धानको बिउँ भएका कारण अहिले सम्म बाला नलागेको उनको दाबी छ । तर, अनुगमन टोलीले किसानसँग भेटेर वास्तविकता बुझ्ने उनले बताए ।
सरकारी अनुदानमा किसानले बहुगुणी –२ जनाएको धानको बिउँ लगाएका छन् । वरपर अन्य जातको धान पाक्ने बेला हुँदा सम्म पनि बहुगुणी –२ मा बाला नलागेपछि किसान चिन्तित भएका हुन् ।
बिउ कम्पनीका प्रतिनिधि समेत कृषि ज्ञान केन्द्रले बाला नलागेको धान अनुगमन गर्दै
बिउ कम्पनीका प्रतिनिधि समेत कृषि ज्ञान केन्द्रले बाला नलागेको धान अनुगमन गर्दै