भदौ, ३० बैतडी/ सोमबार सक्रिय कोरोना संक्रमित मुक्त भएको बैतडीमा मंगलबार एकै दिन ८ जनामा कोरोना पुष्टि भएको छ । डडेल्धुरा अस्पतालमा परीक्षण गरिएको पीसीआर रिपार्ट अनुसार दशरथचन्द नगरपालिका –७,मा ६ जना र डिलासैनी गाउँपालिकामा २ जना गरि एकै दिन ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
जिल्ला अस्पताल बैतडीका अनुसार ३२ जनाको पीसीआर रिपोट आउँन बाँकी रहको थियो । मंगलबार २० को स्वाब परीक्षण गर्दा १२ जनाको नेगेटिभ र ८ जनाको कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्याय बैतडीका कोभिड–१९, सम्पर्क व्यक्ति भुवन जोशीले बताए । संक्रमित सबैको अवस्था सामान्य रहको छ । १२ जनाको रिपोट आउँन अझैं बाँकी रहेको जोशीले बताए ।
