धनगढी, २९ भदौ/नेपाली राष्ट्रिय क्रिकेट टोलीका बाया हाते ब्याट्समेन तथा बलर ललित भण्डारीलाई थप उपचारका लागि एयर लिफ्ट गरी काठमाडौं लग्ने तयारी गरिएको छ।
आइतबार साँझ धनगढीबाट महेन्द्रनगर आउदै गरेको से १ ख १३२४ नम्बरको ट्रक र भण्डारी सवार म २ प ४७०५ नम्बरको मोटरसाइकल कञ्चनपुरको झलारी बजारमा एक आपसमा ठोक्किएका थिए।
उनलाई तत्काल धनगढीस्थित अस्पताल लगिएकोमा त्यहाँ उपचार सम्भव नभएपछि रातिनै कोहलपुरस्थित मेडिकल कलेज रेफर गरिएको थियो। ‘अहिले अवस्था खतरामुक्त छ,’ संगै रहेका अर्का क्रिकेटर बिनोद भण्डारीले भने, ‘तर केही अप्रेसन गर्नुपर्ने भएकाले हेलिकप्टरमार्फत काठमाडौं लग्न कागजी प्रकृया सुरु गरेका छौं।’