धनगढी, २८ भदौ/ कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडको सार्वजनिक स्थानमा नेकपा नगर कमिटिले एकलौटी ढंगले मदन आश्रित प्रतिक्षालय निर्माण गर्न लागिएको भन्दै कांग्रेसले आपत्ति जनाएको छ ।
सार्वजनिक स्थलमा सबैको हक अधिकार बराबर हुने भएपनि नेकपा नगर कमिटीले सुखड–लठुवा सडक खण्डमा पर्ने सडकको जमिन अतिक्रमणगरी मदन आश्रित प्रतिक्षालय निर्माण हुन थालेपछि कांग्रेसले आपत्ति जनाएको हो ।
सार्वजनिक स्थानमा निर्माण हुने यात्रु प्रतिक्षालयलाई नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचार गर्ने हेतुले मदन आश्रीत नामाकरण गर्ने योजना बनाएकाले आपत्ति जनाएको नेपाली कांग्रेसले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
सडकमा सार्वजनिक संरचनाहरु बनाउनु गैरकानुनी कुरा रहेको बताउदै नेपाली कांग्रेसले नगरपालिकाले २५ मिटरको छेउछाउमा रहेका टहरा हटाउन पटकपटक आग्रह गरेपनी त्यहीँ नियम मिचेर नगर प्रमुख आफै गएर शिलान्यास गरि संरचना निर्माणमा लागेको आरोप कांग्रेसले लगाएको छ ।
प्रहरी कार्यालयसंगै जोडिएको जग्गामा नेकपा नगरकमिटिले कसैसंग सरसल्लाह नगरी एकलौटी ढंगले मदन आश्रति प्रतीक्षालय निर्माण गर्न लागेकोमा गम्भीर ध्यानाकर्षण भएको नेपाली कांग्रेस महासमिती सदस्य भिम बडुवालले जानकारी दिए ।
सडकमा सार्वजनिक संरचनाहरु बनाउनु गैरकानुनी कुरा हो । बडुवालले भने, ” नापी विभागले पुष्टि गरेको सुखड – लठुवा बाटोको नक्सामा प्रतिक्षालय निर्माणमा तत्काल नरोके कानुनी बाटो खोज्छौँ ।”
पटक पटक ईलाका प्रहरी कार्यालय सुखड, घोडाघोडी नगरपालिका ,जिल्ला प्रशासन कार्यालय कैलाली ,नापी विभाग कैलालीमा समेत निवेदन पेश गरि तत्काल रोक्न अनुरोध गर्दा पनि कहि कतैबाट सुनुवाइ नभएको नेपाली कांग्रेसले जनाएको छ ।
सार्वजनिक बाटो रहेको ठाउँमा कुनैपनी हालतमा सो प्रतीक्षालय एउटै पार्टीको विज्ञापन र प्रचारप्रसार गर्न उदेश्यले निर्माण गरे नेपाली कांग्रेसले कानुनी बाटो रोज्ने जनाएको छ ।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका नगर अध्यक्ष देवेन्द्र मल्लले राप्रपा विकास विरोधी नभएपनी सडक मिचेर मापदण्डविपरीत प्रतीक्षालय निर्माण गरिरहेको हुँदा तत्काल रोक्नुपर्ने बताएका छन् । सार्वजनिक प्रतीक्षालय निर्माणको समर्थनमा रहेपनी व्यक्तिको नामबाट सार्वजनिक तथा सडक छेउमै प्रतीक्षालय निर्माण गर्न लागिएकोमा आफ्नो पार्टीको तर्फबाट घोर आपत्ति रहेको बताए ।