धनगढी, २७ भदौ/ धनगढीमा विकासका लागि खवरदारी गरिएको छ। साझा पार्टी अभियान बिभाग कैलालीले उप–महानगरपालिकाको वडा नम्बर २ मा जनप्रतिनिधीविरुद्ध प्रदर्शन गर्दै खवरदारी गरेको हो।
जनप्रतिनिधिलाई खबरदारी गर्ने उद्देश्य सहित स्थानीय युवाहरुले शनिवार विहान वडाको विकास बजेट कता खर्च हुन्छ रु वडाको विकास कहिले हुन्छ रु लगायतका प्लेकार्ड सहित प्रदर्शन गरेका हुन्।
वडा नम्बर २ कै पुरोनो भन्सार रोड लगायत अन्य क्षेत्रमा विकास निर्माणको काम हुन नसकेको भन्दै जनप्रतिनिधीलाई खवरदारी गरिएको साझा पार्टी अभियान बिभाग कैलालीले जनाएको छ।