महेन्द्रनगर– कञ्चनपुरमा बलात्कारका दोषी ५ बर्षपछि पक्राउ परेका छन्। जबरजस्ति करणी मुद्धामा दोषी ठहर भएका श्यामलाल रानालाई प्रहरीले ५ बर्षपछि पक्राउ गरेको हो।
२०७२ साल भदौ ९ गते जिल्ला अदालतले रानालाई ११ बर्ष कैदको फैसला सुनाएको थियो। सोही दिनदेखी फरार रहेका रानालाई भदौ २२ गते कञ्चनपुरको पुर्नवास नगरपालिका वडा नम्वर १० बाट पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक अमरवहादुर थापाले बताए।
उनलाई पक्राउ गरी कञ्चनपुर जिल्ला अदालतमा पेश गराईएकोमा अदालतबाट कैद भुक्तानको लागि कारागार चलान गरीएको छ। कञ्चनपुर जिल्ला प्रहरीले जानकारी दिएको छ ।