धनगढी, २३ भदौ/ सुदूरपश्चिममा आज थप १० जनामा कोराना पुष्टी भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोशालामा मंगलबार थप १० जनामा कोरोना पुष्टी भएको छ ।
पछिल्लो २४ घण्टामा ७ सय ८८ जनाको कोरोना परीक्षण भएकोमा १० जनामा संक्रमण पुष्टी भएको हो । संक्रमण पुष्टी हुनेमा कैलालीका लम्की चुहा नगरपालिकाका–१ का १ जना वडा नम्वर २ का १ जना धनगढी–८ का २ जना र कञ्चनपुरको भीमदत्त नगरपालिकाका–१८ का ५ र वडा नम्वर ५ का १ जनालाई संक्रमण पुष्टि भएको सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।
उता डडेल्धुरा अस्पतालका प्रयोगशाला इन्चार्ज ईश्वरी प्रशाद भूषालले एक सय ३५ जनाको मात्रै कोरोना परीक्षण गरिएको जानकारी दिए । उनका अनुसार परीक्षण गरिएको सबैको रिपोर्ट नेगेटिभ आएको छ।
त्यस्तै जिल्ला अस्पताल डोटीको प्रयोगशालामा ६९ जनाको मात्रै कोरोना परीक्षण गरिएको छ। अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले सबैको रिपोर्ट नेगेटिभ आएको जानकारी दिए।
यो संगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या ६ हजार दुई सय ६६ पुगेको छ । संक्रमण पुष्टि भएका १४ जना संक्रमितको मृत्यु भईसकेको छ ।
