धनगढी, २२ भदौ/ सुदूरपश्चिमका हाल सम्म पाँच हजार दुई सय ४१ जना डिस्चार्ज भएका छन्। आइतबार ४३ जना संक्रमित डिस्चार्ज भएका प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।
निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा डोटीबाट २३ जना, कञ्चनपुरबाट ९ जना, बझाङबाट ७ जना, सेती प्रादेशिक अस्पतालबाट तीन र टीकापुर अस्पतालबाट एकजना गरी ४३ जना डिस्चार्ज भएर घर फर्किएका छन्।
कैलालीबाट सबैभन्दा बढि एक हजार चार सय ३० जना संक्रमण मुक्त भएका छन् ।
यस्तै डोटीबाट आठ सय ९२, अछामबाट आठ सय ४८, कञ्चनपुरबाट ६ सय ४६ बैतडीबाट तीन सय २५, बझाङबाट तीन सय १८, बाजुराबाट चार सय ४२, डडेल्धुराबाट दुई सय ९२ जना र दार्चुलाबाट ४१ संक्रमित डिस्चार्ज भएका छन्।
हालसम्म ६८,१३६ जनाको स्वाबको नमूना सांकलन गरिएकोमा ६७ हजार १सय ४२जनाको कोरोना परिक्षण गरिएको छ । जसमा ९९४ जनाको नतिजा आउन बाकी रहेको छ ।