धनगढी, २२ भदौ/ कांग्रेसका आस्था र विचारलाई आत्मसाथ गर्दै पार्टी प्रति लगनशील रहेको भन्दै साविकको मोहन्याल गाविसका नेपाली कांग्रेस गाउँ कार्यसमिति सभापति खडकबहादुर देउवाको शवमाथि कांग्रेसको झण्डा ओढाएर सम्मान गरिएको छ ।
नेपाली कांग्रेस कैलालीका उपसभापति प्रकाश बम र कांग्रेस सहकारी विभागका केन्द्रीय सदस्य भोजबहादुर बमले देउवाको शवमाथि पार्टीको झण्डा ओढाएर सम्मान गरेका हुन् । ‘कांग्रेस पार्टीको विधि विधानमा रहेर पार्टीको एक सच्चा सिपाहीका रुपमा रहेकाले उनको शवमाथि पार्टीको झण्डा ओढाइएको हो,’ कांग्रेस सहकारी विभागका केन्द्रीय सदस्य बमले भने,‘देउवाले जीवनभर पार्टी प्रति पु¥याएको योगदान अविष्मरणिय छ ।’
लामो समयदेखि बिरामी रहेका देउवाको उपचारका क्रममा धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा शनिबार राति मृत्यु भएको थियो । हिन्दू परम्परा अनुसार उनको शव आइतबार दिउँसो धनगढीस्थित त्रिवेणी घाटमा दाहसंस्कार गरिएको छ ।