काठमाडौं- आज सोमबार पनि देशका विभिन्न स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि भारीसम्म वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।मौसम पूर्वानुमान महाशाखाले अहिले बिहान पनि गण्डकीदेखि पूर्व केही स्थानमा हल्कादेखि भारीसम्म वर्षा भइरहेको छ।यस्तै आज दिउँसो पनि देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।
साथै प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।महाशाखाका अनुसार राति पनि देशभर सामान्यतया बदली रही थोरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। साथै प्रदेश १ , बागमती प्रदेश, गण्डकी प्रदेश तथा प्रदेश नं ५ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ।महाशाखाले सोमबार बिहान ६ बजे मौसम पूर्वानुमान बुलेटिनअन्तर्गत आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।
जसमा भनिएको छ( ‘प्रदेश नं १, प्रदेश २, बागमती प्रदेश, गण्डकी र प्रदेश ५ का एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।’ मौसमविद् शाक्यका अनुसार हिजो आइतबार पनि गोरखाको बारपाक र सुनसरीको धरानमा भारी वर्षा भएको थियो।