बाजुरा: जिल्लाको बडीमालिका नगरपालिका–६ जडाङ्गामा भीरबाट लडेर आइतबार एक गर्भवती महिलाको मृत्यु भएको छ ।मृत्यु हुनेमा सोही नगरपालिका–६ जडाङ्गाका कृष्ण बडुवालकी श्रीमती अन्दाजी ३० वर्षीया खण्टीदेबी बडुवालको मृत्यु भएको स्थानीय शेरबहादुर दानीले जानकारी दिएका छन् ।
उनले दिएको जानकारी अनुसार आइतबार दिउसो भैसीलाई घाँस काट्न गएका बेला बैसेडी मेलाको भीरबाट लडेर करिव पाँच सय मिटर तल खसेर मृत्यु भएको अवस्थामा फेला पारेको आफन्त समेत रहेका दानीले बताए ।
श्रीमान लेकमा गएका बेला घरमा छोराछोरी छोडेर घाँस काट्न गएकी बडुवाल साँझ अवेर सम्म पनि नआउदा छोराछोरीले आमा नआएको खवर गरेरपछि खोज्न जाँदा भीरबाट लडेर मृत्यु भएको अवस्थामा फेला पारेको आफन्त दानीले बताएका छन् । मृतक बडुवालका श्रीमान लेकमा गएकाले सोमबार मात्र दाह संस्कार गरिने आफन्तले बताएका छन् । गर्भवती समेत रहेकी मृतक महिलाका एक छोरा एक छोरी साहरा विहिन बनेका छन् ।