धनगढी, २१ भदौ/ डोटीमा भदौ २८ गते सम्मका लागि निषेधाज्ञा लम्ब्याइएको छ। जिल्ला संकट व्यवस्थापन केन्द्रको आइतबार बसेको बैठकको निर्णय र सिफारिस बमोजिम एकहप्ताका लागि निषेधाज्ञा लम्ब्याइएको प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले जानकारी दिए। यसअघि भादै १४ गतेदेखि २१ गतेसम्म सात दिनका लागि निषेधाज्ञा जारी गरिएको थियो।
निषेधाज्ञाको समयमा अत्यावश्यक बाहेकका सेवा ठप्प रहने जनाएको छ।
