धनगढी, २१ भदौ/ सडकको किनार मोटरसाइकल र चार पांग्रे सवारी साधनले भरिएको छ । कोही आइहाले पार्किङ गर्ने ठाउँ भेट्न सहज छैन । सेवाग्राहीहरु लाईनमा बसीरहेका छन् । बिल काउन्टरको बाहीर सेवाग्राहीहरु बिल बुझाउन तछाडमछाड गरिहेका छन् ।
यो दृश्य धनगढीमा रहेका नेपाल बिद्युत प्राधिकरण वितरण केन्द्रको हो । निकै चहल–पहल देखीन्थ्यो ! आईतबार बिहान ९ बजेदेखी लाईन्मा बसेकाहरु बिल तिर्न पालो कुरेर बसीरहेका थिए ।
विश्व स्वास्थ्य संगठनले भनेको न्युनतम सामाजिक दूरी त के, कसैलाई नछोई काउन्टरम ाबिल तिर्न मुश्किल पथ्र्यो । बिद्युतको बिल तिर्नेहरुको लाईन निकै ठुलो थियो । दूरी कायम पट्कै थिएन् । कसैले दूरी कायम गरेका छैनन् । अलिकति खाली ठाउँ राखे अर्कोले पालो मिच्ला भन्ने पीर ।
चिउँडोमै भए पनि मास्क अधिकांशले झुन्ड्याएका छन् । तर, दूरी कसैले कायम गरेका छैनन् । कसैलाई कोरोना भएको रहेछ भने अरुलाई सर्न पनि सक्छ । अहिले बिल नतिरे विद्युत कार्यालयले घरमा लाईन काट्देला भन्ने डरले धेरै सेवाग्राहीहरु त्यहाँ पुगेका रहेछन् । कतिपयको चैत लकडाउन सुरु भएदेखीको बिल भुक्तानि गुर्न बाकी रहेछ ।
जिल्ला प्रशासन कार्यालय कैलालीले आजैदेखी निषेधाज्ञा केही खुकुलो गरेको छ । १४ दिन निषेधाज्ञा गरेको प्रशासन कार्यालयले भिडभाड हुने कार्यालयहरु बन्द रहने भनेको छ तर विद्युत कार्यालयमा भने प्रशासन र सिडिओलाई गिज्याउने भिडभाड देखिन्थ्यो ।
के १४ दिनको निषेधाज्ञाले धनगढीमा कोरोना सक्किएको हो ? कि निषेधाज्ञा बाहेकका समयमा कोरोना सर्दैन ? सर्वसाधारणलाई दुःख दिनको लागी मात्रै प्रशासनले १४ दिन निषेधाज्ञा गरेको थियो ? जस्ता प्रश्न उक्त भिडभाडले उब्जाएको छ । प्रशासनले गरेको १४ दिनको निषेधाज्ञाले धनगढीमा भिडभाड बढाएको प्रष्ट देख्न सकिन्छ ।
बिद्युत वितरण केन्द्र धनगढीमा कोरोनालाई गिज्याउने भिड
बिद्युत वितरण केन्द्र धनगढीमा कोरोनालाई गिज्याउने भिड