• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

मुस्कानको डाक्टर बन्‍ने इच्छा पुरा गर्न, जन्मदिनमा योगेशले दिए ५० हजार

काठमाडौं, २० भदौ/ आफ्नो ५४ औँ जन्मदिनको अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले एसिड आक्रमणबाट पीडित वीरगञ्‍जकी मुस्कान खातुनलाई ५० हजार रुपैयाँ सहयोग गरेका छन्।

नेकपा स्थायी कमिटी सदस्यसमेत रहेका भट्टराईले गत वर्ष भदौ २० गते घरबाट विद्यालय जाँदै गर्दा दुई युवाले एसिड हानेपछि अनुहार नराम्ररी जलेर घाइते मुस्कानको शिक्षामा खर्चका लागि उक्त सहयोग प्रदान गरेका छन्।

भट्टराईले आफूले संस्कृति मन्त्रालय सम्हाल्दा आउने एक महिनाको तलबबाट कर र लेबी कटाएर बचेको ५० हजार रुपैयाँ मुस्कानलाई आइतवार प्रदान गरेका हुन्। एसिड आक्रमणबाट गुज्रिएकी मुस्कानले आफ्नो आत्मबल बलियो बनाएर पुनः विद्यालय फर्किसकेकी छन्। उनी हाल कक्षा ९ मा अध्ययनरत छिन्। ​

गत माघ महिनामा होटल हायातमा एक भव्य कार्यक्रममा मुस्कान खातुनसँग भेट हुन पुग्यो। केही समय पहिले उहाँमाथि एसिड प्रहार भएको थियो । त्यो समाचार विभिन्‍न सञ्‍चारमाध्यमबाट सार्वजनिक भएपछि मैले थाहा पाएको थिएँु, योगेशले भनेका छन्, ुहायातको कार्यक्रममा उनको बुलन्द भाषणमा सहभागीहरुले तालीको गडगडाहावटले मुस्कानलाई उत्साहित बनायो ।

जब मञ्चमा मैले मुस्कानलाई सम्मान गर्ने मौका पाएँ, उहाँको उच्च शिक्षाका लागि आफ्नोतर्फबाट केही सहयोग गर्ने बचन दिएको थिएँ । आज मेरो जन्मदिन तिनै मुस्कान र उनी जस्तै असह्य पीडामा रहेका मुस्कानहरुमा समर्पित गर्न चाहन्छु। मुस्कानलई यही भदौ १६ मा प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटरमा बोलाएर भेटेका थिए।

आफूलाई एसिड हान्‍ने युवाहरुको उमेर घटाउन प्रहरीले नै सघाएपछि अदालतले पुनःस्थापना गृहबाट दुवैजनालाई छाडिदिएको गुनासो मुस्कानले गरेकी थिइन्। मन्त्री भट्टराईले मुस्कानको डाक्टर बन्‍ने इच्छामा पनि आफूहरुले साथ दिने प्रतिवद्धता जनाएका छन्।

मन्त्री भट्टराईले यसअघि पनि आफ्नो जन्मदिनमा असहाय तथा गरिब परिवारका बालबालिकालाई सहयोग गर्दै आएका छन्। उनले केही बालबालिकालाई आफ्नो पहलमा निस्शुल्क पढाइरहेका छन्।

घटना के थियो ?

मुस्कानमाथि एसिड प्रहार गरेका माजिद मियाँ र शमशाद मियाँलाई घटनाकै दिन प्रहरीले पक्राउ गरेको थियो। तर २० वर्ष पुगेका भनिएका उनीहरुको प्रहरीकै मिलेमतोमा उमेर घटाएर कम सजाय दिइएको गुनासो मुस्कानले गर्दै आएकी थिइन्।

एसिड हान्‍नेलाई जन्मकैद होस्, पीडितको निस्शुल्‍क उपचार गरोस् जिल्ला प्रहरी कार्यालय घटना अभियोजनका क्रममा माजिद मियाँलाई १९ वर्ष र शमशाद मियाँलाई १८ वर्ष तोकेर पठाएपछि उनीहरुलाई जेल नपठाइ सुधार गृहमा राखिएको थियो। नारायणी अस्पतालले प्रहरीलाई प्रमाणस्वरूप उपलब्ध गराएको मेडिकल रिपोर्ट अनुसार शमशाद आलमको उमेर १६ देखि १८ वर्ष र माजिदको १८ देखि २० वर्ष तोकिएको थियो।

मुस्कानमाथि २०७६ भदौ २० गते एसिड हानिएको थियो। माजिदले राखेको प्रेम प्रस्ताव नस्विकारेपछि उनका साथी शमशादले विद्यालय जाने क्रममा खातनुमाथि एसिड प्रहार गरेका थिए। एसिड लागेर मुस्कानको आधा अनुहार बिग्रिएको छ।

आइतबार, भदौ २१, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.