• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

राजी समुदायका लागि सरकारले घर बनाइने

टीकापुर २१ भाद्र- कैलालीको भजनीमा लोपोन्मुख राजी समुदायका लागि घर निर्माण गरिने भएको छ। मुख्यमन्त्री एकीकृत नमूना बस्ती कार्यक्रम अन्र्तगत भजनीमा रहेका ३० परिवारले घर पाउने भएका हुन्। सुदूरपश्चिम प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको आर्थिक वर्ष २०७७÷७८को स्वीकृत वार्षिक मुख्यमन्त्री एकीकृत नमूना बस्ती कार्यक्रमअन्तर्गत भजनी नगरपालिका–९ भुरुवा कैलालीको राजी बस्तीमा नमूना घर निर्माण गरिने नगरपालिकाका प्रमुख शेरबहादुर चौधरीले जानकारी दिए। “नगरपालिकाले अतिविपन्न परिवार छनोट कार्य शुरु गरेको छ। अति आवश्यक रहेकाको घर निर्माण हुने भएको छ”, उनले भने।

घर निर्माण हुने भएपछि सुदूरपश्चिम प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनिता चौधरीको नेतृत्वमा आएको टोलीले बस्तीको अनुगमनसमेत गरेकोे छ। अनुगमनपश्चात मन्त्री चौधरीले अतिविपन्न, पछाडि परेको समुदाय, प्राकृतिक प्रकोपबाट घर पूर्ण क्षति भएका परिवारको घर मुख्य प्राथमिकतामा राखेर निर्माण गरिने बताए। “बढी समस्या रहेका परिवारलाई प्राथमिकता दिन थालेका छौँ”, मन्त्री चौधरीले भने, “सबैले बस्ने घर पाउनुपर्छ भन्ने हो। राजीका लागि पक्की घर बनाइदिन थालेका हौँ।”

विपन्न राजीका घर निर्माण गर्न मुख्यमन्त्री एकीकृत नमूना बस्ती निर्माण कार्यक्रमको अवधारणा प्रदेश सरकारले ल्याएको मन्त्री चौधरीले बताए। “नमूना बस्तीसँगै स्थानीयका मागका आधारमा उद्योग सञ्चालनमा ल्याउने सरकारको योजना छ”, कृषिमन्त्री चौधरीले भने, “स्थानीयस्तरमा रोजगारी सिर्जना गरी कामका लागि भारत तथा अन्य जिल्ला जानु नपरोस्, गाउँमै रोजगारी सिर्जना गर्ने सरकारको लक्ष्य छ। हामी राजी बस्तीका नागरिकले माग गरे लगानी गर्न तयार छौँ।”

भजनीमा राजी बस्तीमा दुईकोठे पक्की भवन र शौचालयसहितको घर निर्माण हुने भएको छ। घर निर्माण हुने भएपछि राजी समुदायमा खुशीयाली छाएको छ। राजी अगुवा डम्बर राजीले वर्षौँदेखि खरको छानामा बस्न बाध्य राजी परिवार पक्की घर पाउने खबरले हर्षित भएको बताए।

“यसअघि पनि जनता आवास कार्यक्रमअन्तर्गत केही परिवारका घर निर्माण भएका छन्। यो कार्यक्रमले घर नभएकालाई समेट्ने भएको छ”, राजीले भने, “सरकारको यो कार्यबाट यहाँका नागरिकले घरको छानो पाउनेछन्। यसका साथै रोजगारीको वातावरणसमेत बनाइदिए राजीको जीविकामा सहजता आउनेछ।”

आइतबार, भदौ २१, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल

Recent Posts

  • एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
  • धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा
  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.