धनगढी, १९ भदौ/ शनिबार सेती प्रादेशीक अस्पतालमा भएको परिक्षणमा थप २७ जनामा कोरोना पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा चार सय ६३ जनाको कोरोना परीक्षण भएकोमा धनगढीका १२ जना, गोदावरीका १२ जना, कञ्चनपुरको पुर्नवासका २ र भिमदत्तका १ जनामा संक्रमण पुष्टि भएको हो।
