धनगढी, २० भदौ/ दारी ग्याङ धनगढीले सोमबारदेखि सुरु गरेको घरदैलो रक्तदान कार्यक्रम सकिएको छ। निषेधाज्ञाका बेला रगत अभाव हुने समस्या आएपछि सामाजिक क्षेत्रमा काम गर्दै आइरहेको ग्याङले रक्तसञ्चार केन्द्रको सहकार्यमा घरदैलो कार्यक्रमको सुरुवात गरेको थियो ।
दारी ग्याङ धनगढीले घरदैलोमै पुगेर १२२ पिन्ट रगत संकलन गर्यो
दारी ग्याङ धनगढीले घरदैलोमै पुगेर १२२ पिन्ट रगत संकलन गर्यो
उक्त अभियान आज छैटौं दिनमा कञ्चनपुरको कृष्णपुरमा सम्पन्न भएको दारी ग्याङ धनगढी संयोजक दिनेश बोहराले बताए। कार्यक्रम अन्तरत दारी ग्याङले पहिलो दिन ११ पिन्ट, दोस्रो दिन १५ जना, तेस्रो दिन २५ र चौथो दिन २०, पाचौं दिन ४१ र आज ११ गरी एक सय २२ पिन्ट रगत संकलन भएको बोहराले बताए।
कोभिड संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सम्पूर्ण स्वास्थ्य सुरक्षाका विधि अपनाएर रगत संकलन गरिएको उनले बताए।