धनगढी, २० भदौ/ डडेल्धुरा प्रयोगशालामा गरिएको परीक्षणमा थप १६ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा १ सय १० जनाको परीक्षण गरिएकोमा १६ जनामा कोरोना पुष्टि भएको प्रयोगशाला इन्चार्ज ईश्वरीप्रसाद भुसालले जानकारी दिए ।
भुसालका अनुसार सबै सक्रमित बझाङका हुन । बझाङको केदारस्यूँ गाउपालिका १० जना, थलारा गाउपालिकाका ४ जना, छब्बिसपाथाभारा गाउपालिकाका २ जनामा सक्रमण देखिएको इन्चार्ज भुसालले बताए ।
