मेष राशी: मेष राशी हुनेहरुको आज घरायासी खर्च बढ्नेछ । धन लगानी गर्नु राम्रो हुने छैन । महात्वकांक्षी योजनामा हात हाल्नु राम्रो योग छैन । प्रतिफल नआउने क्षेत्रमा धन लगानी हुन सक्छ । विगतको गल्तीले तनाव दिन सक्छ । पशुपालन र कृषिबाट पनि भनेजस्तो लाभ मिल्दैन ।
वृष राशी: वृष राशीहुनेहरुको लागि आज मध्यम किसिमको दिन छ । व्यापार व्यवसाय सन्तोषजनक नै छ । धार्मिक र सामाजिक काममा समय धन लगानी गर्ने समय छ । आकस्मिक रुपमा वस्तुको खरिद गर्दा अनायासै महंगोमा परिन सक्छ । आवश्यक छैन भने पछि किन्नु राम्रो हुन्छ । विगतको गल्ती सच्याउने अवसर पाइनेछ ।
मिथुन राशी: मिथुन राशी हुनेहरुको आज आर्थिक पक्ष निकै सबल छ । नोकरी र व्यवसायिक क्षेत्रमा बोलीको कदर हुनेछ । सुनचाँदी वा धातुको कारोबारबाट धेरथोर लाभ मिल्ने योग छ । भौतिक सम्पत्तिको जोहो हुनसक्छ । आर्थिक क्षेत्र सबल रहनेछ । व्यापार व्यवसायबाट लाभ मिल्नेछ । सोचेका काम बन्नेछन् ।
कर्कट राशी: यस राशी हुनेहरुको आज आजका महत्वकांक्षी इच्छाहरु पुरा हुनेछ लाभदायक वस्तुको किनमेल र कारोबार गरिनेछ । लामा दुरीको लाभदायक यात्राको सम्भाना छ । वैदेशिक योजनामा गरिएका प्रयास सफल हुनसक्छ । गरेका काम सफल हुनेछ । अन्न फलफूल जस्ता कृषि उपार्जनबाट सोचेजस्तो आर्थिक लाभ लिन सकिन्छ । पेशा वा व्यवसाय लगायतका क्षेत्रबाट पनि भनेजस्तो सफलता हासिल गर्न सकिनेछ ।
सिंह राशी: सिंह राशी हुनेहरुको आज रमाइलोमा धन लगानी हुनेछ । समुचित क्षेत्रमा धन खर्च हुने योग छ । अप्ठ्यारो वा समस्यामा परेकाहरुकालाई सहयोग गर्दा धन खर्च हुने योग छ ।
कन्या राशी: कन्या राशी हुनेहरुका लागि रोकिएका अन्य काम र सकारकारी काम सुल्झाउने राम्रो समय छ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हाल लाग्ने छ । कृषि तथा पशुपालनमा कम र व्यपारमा प्रशस्त फाइदा हुने योग छ । गरेका कामबाट राम्रै लाभ लिन सकनिेछ । बौद्धिक तथा प्राज्ञिक क्षेत्रमा पनि सफलता मिल्ने देखिन्छ । श्रमको उचित मूल्यांकन हुनेछ ।
तुला राशी: यस राशी हुनेहरुका लागि आज कर्म क्षेत्रमा व्यस्त रहने दिन छ । पेशा व्यवासयमा भनेजस्तो लाभ मिल्नेछ । आर्थिक पक्ष सबल छ । साँझ श्रममूलक काम गर्नेहरुले थाकेको महसुस गर्नेछन् ।
वृश्चिक राशी: वृश्चिक राशी हुनेहरुका लागि आज संयम र लगनशील हुनुपर्छ । पेशा व्यवसाय रोजगारीको क्षेत्रमा अवरोध आउन सक्छ । नयाँ जिम्मेवारीले दिर्घकालिन रुपमा सकारात्मक परिणाम प्राप्त हुनेछ ।
धनु राशी: धनु राशी हुनेहरुका लागि रोकिएका कम बन्न सक्छ । लामो समयदेखि रोकिएका कम पुनः शुरु गर्ने समय छ । बढी खर्च र यात्रा दुबै हुनसक्छ तर आर्थिक रुपमा टेवा नै पुग्नेछ ।
मकर राशी: मकर राशी हुनेहरुका लागि आज कार्य क्षेत्रमा नै व्यस्त रहनुपर्ने समय छ । फकाउने फुस्ल्याउने काममा समय खर्च हुन सक्छ । साझेदारीका कामले पनि खासै फाइदा दिदैन । पेसा वा व्यवसायमा जतिसक्दो धेरै समय दिनु राम्रो हुनेछ । श्रममूलक काम वा कृषि पशुपालनमा निकै मेहनत गरेपछि मात्र लाभ मिल्ने देखिन्छ ।
कुम्भ राशी: यस राशी हुनेहरुले आज आमा वा मामाको आर्शिवादले काम बन्ने योग छ । काम गर्दा आर्थिक, सामाजिक, व्यवहारिक विभिन्न उपलब्धि हासिल हुनेछन् । आज गरेका झिनामसिना कामले दिर्घकालिन फाइदा दिनेछ । विशेष ठाउँमा विचारको कदर हुनेछ । उद्योग धन्दा कलकारखानामा खटेजति सफलता मिल्ने देखिन्छ ।
मिन राशी: यस राशीका लागि आज विद्यार्थीहरुको लागि समय राम्रो छ । व्यापार व्यासाय सामान्य रहनेछ । दिर्घकालिन योजनालाई मूर्तरुप दिन योग्य समय छ ।