काठमाडौं, १९ भदौ/ अर्थमन्त्री डा. युवराज खतिवडाले राजीनामा दिएका छन् ।
बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकका क्रममा राजीनामा घोषणा गरेका उनले सिंहदरबारमा बिदाइ भेटघाट गरेपछि बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा दिएका हुन्। नेकपा उपाध्यक्ष वामदेव गौतमलाई सत्तारुढ नेकपाले राष्ट्रियसभा सदस्यमा लैजानै निर्णय गरेपछि खतिवडाले राजीनामा दिएका हुन्।
संवैधानिक प्रावधान अनुसार उनले शनिबारदेखि मन्त्रीको हैसियतमा काम गर्न नमिल्ने भएपछि राजीनामा दिएका हुन्। फागुन २१ गते अर्थमन्त्रीमा दोस्रोपटक नियुक्त खतिवडाले ओलीलाई बालुवाटार पुगेर राजीनामा पत्र बुझाएका हुन्।