धनगढी, १९ भदौ/ सुदूरपश्चिममा शुक्रबार थप ७ जनामा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा एक जना, डडेल्धुरा अस्पतालमा ३ जना र डोटी अस्पतालमा ३ जनालाई कोरोना पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा सुदूरपश्चिममा १ हजार ६४ जनाको कोरोना भाइरस संक्रमण परीक्षण भएको छ। प्रदेशका सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र डोटी अस्पतालका गरी तीन वटा प्रयोगशालामा १,०६४ जनाको कोरोना परीक्षण गरिएको हो।
पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ४ सय ६४ जनाको कोरोना परीक्षण भएको छ। यस्तै डडेल्धुरा अस्पतालमा ४ सय ५९ जना र जिल्ला अस्पताल डोटीको प्रयोगशालामा १ सय ४१ जनाको कोरोना परीक्षण भएको छ।