धनगढी, १९ भदौ/ बुधबार बाट सोह्र श्राद्ध सुरु भएको छ । कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न जारी गरिएको निषेधाज्ञाका कारण कतिपय स्थानिय तहहरुले भर्चुअल विधिबाट सोह्र श्राद्ध गर्न गराउन निर्देशन जारी गरेका थिए ।
निषेधाज्ञाले आवतजावतमा समस्या तथा महामारीको संक्रमण फैलीने जोखीमले यस वर्ष भर्चुअल श्राद्धको विषय चर्चामा छ । अधिकांश पुरोहितहरु घरमै गएर श्राद्ध गरे पनि केही पुरोहितले भने भर्चुअल श्राद्ध गरेर प्रविधिको उपयोग गरेका छन् ।
यस्तै शुक्रबार धनगढी उप–महानगरपालिका १४ फूलवारी ‘सी’ गाउँमा भट्ट परिवारले भर्चुअलबाट श्राद्ध गरको छन् । श्राद्ध गर्नै पर्ने र पुरोहितहरु घरमै बोलाएर श्राद्ध गरे महामारीको जोखीम बढ्दै गएकोले भर्चुअलबाटै श्राद्ध गरेको दिपिका भट्ट बताईन् । उनले कोरोना महामारी बढ्दै गएको बताउदै भर्चुअलबाट पनि परम्परागत विधि पुर्वकनै श्राद्ध सम्पन्न गरेको बताइन् ।
देश कोरोना भाइरसले आक्रान्त भैरहेको छ, लकडाउन र निषेधाज्ञाले कैलाली लगाएत देशभर समस्या बढीरहेको छ । चाडपर्व नजिकिदै छन्, त्यसैले हरेक ठाउँ वैकल्पिक विधी खोजीन थालेका छन् । कोरोना भाइरसको महामारीका बाबजुदका बीचपनि सोह्र श्राद्ध बिधिपुर्बक गरिन थालिएको छ ।