काठमाण्डौ १८ भाद्र- नेपाली बजारमा बहुमूल्य धातु सुनको भाउ आज बुधबार तोलामा १ हजार २ सय रुपैयाँले घटेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ तोलाको ९७ हजार २ सय रुपैयाँ कायम भएको छ।
छापावाल सुन मंगलबार तोलामा ९ सय रुपैयाँले घटेर ९८ हजार ४ सय रुपैयाँ पुगेको थियो। सोमबार सुनको भाउ तोलामा ३ सय रुपैयाँले बढेर ९७ हजार ५ सय रुपैयाँ पुगेको थियो।महासंघका अनुसार स्थानीय बजारमा तेजाबी सुनको भाउ बुधबार ९६ हजार ७ सय रुपैयाँ कायम भएको छ। तेजाबी सुन मंगलबार ९७ हजार ९ सय रुपैयाँमा किनबेच भएको थियो। तेजाबी सुनको भाउ सोमबार तोलाको ९७ हजार रुपैयाँ थियो।छापावाल ९२४ क्यारेट० र तेजाबी ९२२ क्यारेट० सुनको भाउसँगै चाँदीको भाउ ३० रुपैयाँले घटेको छ।
बुधबार चाँदीको भाउ तोलाको १ हजार ३ सय ६५ रुपैयाँ कायम भएको छ। चाँदी १ हजार ३ सय ९५ रुपैयाँ र सोमबार १ हजार ३ सय ६५ रुपैयाँमा किनबेच भएको थियो। उपभोक्ताको अनुमानभन्दा उच्च दरमा भाउ बढ्नु तथा कोरोना महामारीका कारण चार महिना लामो ‘लकडाउन’ र काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाका कारण सुन बजार नराम्रोसँग प्रभावित भएको व्यवसायी बताउँछन्।